स्याङ्जामा ७० जनाले त्यागे नेपाली नागरिकता

२०८१ श्रावण ३२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा,३२ साउन । कुनैबेला निजामती क्षेत्रमा अब्बल मानिएको स्याङ्जा जिल्लामा पछिल्लो समय भने नागरिकता त्यागेर बिदेश जानेको संख्या बढ्दै गएको छ ।

पछिल्लो समय राहदानी लिनेको संख्या बढ्दै गएको बेला यहाँ नेपाली नागरिकता त्याग गर्नेको संख्या पनि बढ्दै गएको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दीपक पौडेलका अनुसार २०६७/२/३ गते बाट हालसम्म वंशज को नागरिकता परित्याग गर्ने को संख्या ७० जना रहेको छ भने गैर आवासीय नागरिकता लिनेकाे  संख्या ४३ रहेको छ । गैर आवासीय नागरिकता भने २०८०/०७/१७ बाट हालसम्म हो । नागरिकता बढी त्याग गर्नेमा अमेरिका, अस्ट्रेलिया र क्यानाडामा जाने नेपाली रहेको पौडेलले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।

गैर आवासीय नागरिकता लिने २०८० चैत्र मसान्त सम्म ३७ जना र २०८० वैशाख बाट हालसम्म जम्मा ६ जना रहेको उहाले जानकारी  दिनुभयो । यस मध्य २०८० चैत्र मसान्त सम्म मा गैर आवासिय नागरिकता लिने मध्ये अमेरिका ११ जना, अस्ट्रेलिया १२ जना, जर्मनीका ४ जना,हङकङका ४ जना, पोर्चुगलका ३ जना,  न्युजिल्याड १ जना, केन्याका १ जना र बेलायतका १ जना गरी जम्मा ३७ जना रहेका छन् । त्यसै गरी २०८० वैशाख देखि हालसम्म अमेरिका ४ जना, बेलायतका १ जना र नर्वेका १ जना गरी ६ जनाले गैर आबासीय नागरिकता लिएकाे  सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय