स्याङ्जामा पुष्पचन्द्र ट्रष्टद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

२०८१ भाद्र १, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल
स्याङ्जा ,१ भदौ । पुतलीबजार नगरपालिकाभित्रका विभिन्न विद्यालयहरुमा स्व.पुष्पमान श्रेष्ठ र चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा स्थापित पुष्पचन्द्र ट्रष्टद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाभित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

ट्रष्टद्वारा पुतलीबजारका काजीमान हरिटीका माध्यमिक विद्यालय कुमाल गाउँ, सरस्वती माध्यमिक विद्यालय गैरीखेत, चण्डीकालिका बहिरा आधारभूत विद्यालय र ज्योति आधारभूत विद्यालयमा शुक्रबार विद्यार्थीहरुलाई झोला, कापी, ज्यामितीबक्स, पेन्सिललगायत विभिन्न ५ लाख बराबरको ५०० सेट शैक्षिक सामग्री वितरण गरिएको हो ।
काजिमान हरिटीका विद्यालयमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै पुष्पचन्द्र ट्रष्टका संरक्षक योगेन्द्रमान श्रेष्ठले ट्रष्टले विपन्न परिवारका विद्यार्थीहरुलाई लक्षित गरेर शैक्षिक सामग्री वितरण गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पुष्पमान श्रेष्ठ देशकै एक होनहार राजनैतिक तथा सामाजिक व्यक्ति भएको बताउनुभयो । उहाँले योग्य बाबुका असल सन्तानहरुले असल काम गरिरहेको भन्दै पुष्पचन्द्र ट्रष्टको कामहरुको प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय