पुतली बजार नगरपालिकामा तीज गीत प्रतियोगिता सम्पन्न

२०८१ भाद्र १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, १५ भदौ । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाको नगर कार्यपालिकाको आयोजनामा आयोजित नेपालीहरुको पर्व हरितालिका तीजको अवसरमा स्याङ्जा जिल्लाको सिटी हलमा शुक्रबार शुभकामना आदान प्रदानको साथमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा संविधान सभाका सदस्य तथा प्रतिनिधि सभाका संघीय सांसद राजु थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै उहाले तीज पर्व विशेष गरेर महिलाहरुको वेदना कुण्ठा पोख्ने पर्वको रुपमा रहेको व्यक्त गर्दै नारीहरुको अस्तित्व सङ्ग जोडिएको पर्व हो भन्दै हिजोको दिनमा महिला दिदी बहिनीहरुले आफूलाई परेका पीडा र समाजमा रहेका नारी समस्या र हिंसाका बारेमा गीत मार्फत वेदना पोख्ने पर्वको रुपमा रहेको जानकारी गराउनुभयो। त्यसै गरी उहाले नेपालको संविधान २०७२ ले नारीहरुलाई राज्यका हरेक तहमा नारीको प्रतिनिधित्व हुने गरी संविधानमा नारीको स्थान उत्कृष्ट गरेको जानकारी गराउनुभयो। नारी हक अधिकारको विषयमा नेपाल का नारीहरुको स्थान अन्य देशको तुलनामा उत्कृष्ट रहेको दाबी गर्नुभएको थियो। संविधानमा लेखिए पनि समाजमा नारी हिंसा भइरहेका पनि छन् । त्यसैले नारी हिंसा बन्द गर्न घरबाट नै सुरु गर्नु पर्दछ भन्ने बताउनुभयो।

एक्काइसौं सताब्दीमा नारीहरू शिक्षा मा मात्र नभएर प्रतिवाद गर्न सक्ने क्षमता राखेर अघि बढ्नुपर्छ भन्दै राष्ट्रको उच्च तह सम्म नारीहरु पुगेको भए पनि कति ठाउँमा नारीहरू चुक्नु परेको बताउनुभयो। संविधानमा ३३ प्रतिशत भनेपनि ३३ प्रतिशत सुनिश्चित हुन सकेको छैन भने ५१ प्रतिशत पुर्याउन आत्मनिर्भर र अवसरको जरुरी रहेको जानकारी गराउनुभयो। नारी हिंसा पुरुष बाट मात्र नभई महिलाबाट हुने हुँदा आर्थिक रुपमा कमजोर शारीरिक रुपमा असक्त प्रति विभेदको नीति अन्त्य गर्दै बोक्सी र विविध नकारात्मक कमजोरी प्रति सुधार गर्दै अत्याचार अन्त्य गर्नुपर्छ । देशमा भएका गम्भीर निर्मला हत्या जस्ता घटना पत्ता लगाउन नसक्नु दुर्भाग्य रहेको जानकारी गराउँदै महान पर्व ले जुराएको भेट मा आयोजक लाई धन्यवाद भन्दै सम्पूर्ण सहभागी र महिला दिदीबहिनी हरुलाई प्रतियोगिता मा जोडिनु भएको सम्पूर्ण मा उत्तरोत्तर प्रगतिको साथमा शुभकामना व्यक्त गर्नुभएको थियो।

तीज गीत प्रतियोगिताको उत्कृष्ट नाच प्रदर्शन गर्ने दुर्गानगर टोल की वर्षा आले रहनुभएको छ । त्यसै गरी गीत प्रतियोगितामा दुर्गा नगर टोल प्रथम स्थान हासिल गरेको छ भने महिला सञ्जाल वडा नम्बर एकले दोस्रो स्थान हासिल गरेको छ। त्यसै गरी एकता बुहारी समुह वडा नम्बर नौं ले तेस्रो स्थान हासिल गर्यो भने अन्नपूर्ण आमा समुह वडा नम्बर ६ ले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।

कार्यक्रममा सञ्जिता अर्यालले स्वागत मन्तव्य राख्नु भएको थियो भने पुतलीबजार नगर उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको सञ्चालन पुतलीबजार नगर पालिका शिक्षा शाखाको प्राविधिक सहायक शोभा बस्यालले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष श्री प्रसाद जी टी, स्याङ्जा जिल्ला प्र जि अ सुनिता नेपाल, बाबुराम बराल, त्री आ मा वि का प्रधानाध्यापक मुक्ति प्रसाद रेग्मी, अभियान सूचना केन्द्रकी अध्यक्ष वन्दना लम्साल, लायन्स स्याङ्जा टाउन की अध्यक्ष सुनिता पौडेल गौतम, सुनिता रूचाल, क्षेत्री समाज जिल्ला अध्यक्ष सीता गोदार पत्रकार भवानी अधिकारी, युवराज पौडेल,रोशन लामिछाने लगायत पुतली बजार नगर का विभिन्न वडा र टोल मा रहेका आमा समुह टोल समुहको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रममा २७ समुहले तीज गीत प्रतियोगिता मा भाग लिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार