भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु, भीड व्यवस्थापन सहज

२०८१ भाद्र १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन, १५ भदौ । यहाँको भरतपुर अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिन लामो समय लाइनमा उभिनुपर्ने समस्या समाधान गर्न अस्पतालले टोकन प्रणाली सुरु गरेको छ । भीड व्यवस्थापनसँगै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो ।

हरेक दिन बिहान ६ बजे अघि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्राडा कृष्णप्रसाद पौडेल साइकलमा अस्पताल छिर्छन् । बिहानीको व्यायामसँगै अस्पतालमा एक फन्को लगाएपछि उनी बिरामीको भीड व्यवस्थापन गर्न जान्छन् ।

मेसु पौडेलले आफूसँगै भीड व्यवस्थापनका लागि अस्पतालका सुरक्षाकर्मीलाई सक्रिय बनाउँछन् । सुरक्षाकर्मीलाई काम लगाउन अस्पतालका कर्मचारी अजेस सुवेदीले साथ दिन्छन् । मेसु प्राडा पौडेल बिरामीको घुइँचोलाई व्यवस्थापनमा बिहानीको समय खर्चिन्छन् ।

अस्पतालमा ओपिडी सेवाको टिकट लिन टोकन प्रणाली सुरु गरेसँगै बिरामीले आफ्नो पालोमा टिकट लिने र परीक्षण गर्न थालेका मेसु पौडेलले बताए । यसले भीड व्यवस्थापन हुनाका साथै बिरामीले केही सहज भएको उनको भनाइ छ । टोकन लिने समयमा बस्नका लागि केही ठाउँको व्यवस्थापन गरिएको छ । पहिले टिकट लिन झण्डै एक घण्टा लाइनमा उभिनुपर्नेमा अहिले टोकन लिएपछि १० मिनेट पनि उभिनुनपर्ने मेसु पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय