पूजा खड्का
स्याङ्जा, २४ भदौ । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाको वडा नम्बर १२ गुमार्दी रावल थरमा गोल्डेन गाइजले राखेको भलिबल प्रतियोगितामा आईतवार भिरकोट तीन कोखे देउरालीको शुभकामना युवा क्लब च्याम्पियन भएको छ भने शुभकामना कै रविन गायक उत्कृष्ट खेलाडी घोषित भएका छन्।
कार्यक्रम मा पचास हजार रुपैया नगद ट्रफि मेडल प्रमाण पत्र सहित प्रथम स्थान हासिल गरेर शुभकामना युवा क्लब भिरकोट तीन कोखे देउराली च्याम्पियन भएको छ भने आयोजक समुह गोल्डेन गाईज ३५ हजार नगद ट्रफि मेडल र प्रमाण पत्र सहित दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ। त्यसै गरी पुतली बजार कै स्याङ्जा घुम्ती क्लब २५ हजार नगद ट्रफि मेडल सहित तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ।
त्यसैगरि महिला तर्फ विरुवा गाउँपालिकाको विरुवा क्लब १५ हजार नगद ट्रफि मेडल सहित च्याम्पियन भएको छ भने आयोजक गोल्डेन गाइज क्लब दश हजार नगद ट्रफि मेडल सहित दोस्रो स्थान प्राप्त गर्न सफल रह्यो।
प्रतियगितामा विविध विधा अन्तर्गत गोल्डेन गाइजका खेल संयोजक समेत रहेका दिप्सन मल्लले वेस्ट लिब्रोको विधा हात पार्न सफल भएका छन् भने वेस्ट स्पाईकरमा शुभकामना युवा क्लबका शुशिल खड्का वेस्ट सेटरमा शुभकामना युवा क्लब कै निश्चल खत्री रहेका छन्। त्यसै गरी अनुशासित खेलाडी अन्तर्गत पुतली बजार नगरपालिका स्याङ्जा घुम्ती क्लबका वीरेन्द्र मगर रहेका छन् । जसमा वेस्ट प्लेयर मा शुभकामना युवा क्लबका रविन गायक रहेका छन्।
हिन्दू परम्परा अनुसार तीज पर्वको अवसर पारेर २०४७ सालदेखि सुरुवात भई आएको भलिबल प्रतियोगिता आज सम्म पनि निरन्तर चलिरहेको खेल संयोजक दिप्सन मल्ल ले जानकारी गराउनुभयो। सुरुवात को समय मा तीजको पञ्चमीको पुजा आजा सकेर खेलको उदघाटन गरिने भलिबल प्रतियोगिता अहिले भने तीजको पञ्चमी अगावै कार्यक्रम सुरु गरी पञ्चमीमा फाइनल खेल राखिएको गोल्डेन गाइजका अध्यक्ष ईश्वर चन्दले जानकारी गराउनुभयो।
क्लबको लागि सुरुवात देखि अघि बढाउन कोशिश लगाव राख्दै आउनुभएका अग्रज र नेतृत्व गर्नेहरु स्थानिय बुद्धिजीवी समाजसेवी देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण सहयोगी लगायत कार्यक्रममा सहभागी संपूर्ण दर्शक हरुको ठूलो योगदान संस्थाको लागि रहेको र कार्यक्रम सञ्चालनको लागि समय आवश्यक सामग्री जुटाउने सम्पूर्ण प्रति विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु भन्दै गोल्डेन गाइजका अध्यक्ष ईश्वर चन्दले हेर्न कुरा डट कम लाई जानकारी गराउनुभयो।
पुरुष भलिबल प्रतियोगिता मात्र सञ्चालन रहने केही वर्ष यता देखि महिलाको लागि पनि खुला गरी साविकको वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना सहित सुचारु हुँदै आएको छ भने यो वर्ष पनि महिला पुरुष दुवै समूहले भाग लिएका थिए। जस् अन्तर्गत महिला छ टीम र पुरुष तर्फ १६ टीम सहभागि भएको खेल संयोजक दिप्सन मल्लले जानकारी गराउनुभयो।
खेल गोल्डेन गाईजका अध्यक्ष ईश्वर चन्दको अध्यक्षतामा सुरुवात भएको थियो भने कार्यक्रमको सञ्चालन मनोज भुजेलले गर्नुभएको थियो। खेल संयोजकमा दिप्सन मल्ल र देवेन्द्र परियार रहेका छन् भने क्लबका सचिव विशन चन्द रहेका छन्। कार्यक्रम तीजको अवसरमा राखिएको हुँदा सांस्कृतिक सहित नाच गान कार्यक्रमले दर्शकलाई मनोरञ्जन प्रदान गराएको थियो।