मृगौला पिडितलाई फोटो ग्राफर मञ्च स्याङजाले गर्यो आर्थिक सहयोग

२०८१ भाद्र २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिमाल न्यौपाने
स्याङजा,२५ भदौ । स्याङजा जिल्लाभर छरिएर रहेका फोटोग्राफरहरुले मृगौला पिडितलाई सहयोग गरेका छन । स्याङजा जिल्ला गल्याङ नगरपालिका ६ पिडिखोला स्थाई बासिन्दा फोटो ग्राफर मञ्च स्याङजाका सदस्य सेर बहादुर थापाको श्रीमती २९ बर्षिय पुजा थापाको दुवै मृगौला फेल भई उपचारको क्रममा काठमाण्डौ टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्छ ।

उहाँको उपचारको लागि सो सस्थाले भदौ २५ गते पिडितका आफन्त रबिन थापालाई १९ हजार ५ सय रुपैया हस्तान्त्रण गरेको हो । २०७८ साल माघ २ गते जिल्लामा बिधिवत रुपमा दर्ता भई संचालनमा रहेको सस्थाले सस्थामा आबद्व भएका सदस्यहरुलाई परेको समस्यामा सारथि बनुपर्ने सस्थाका अध्यक्ष बिमल खनालले बताउनुभयो ।

उहाँले मानिस स्वास्थ्य रहनुजेल आफै काम गर्न सक्ने र कुनै अप्ठयारो परेको खण्डमा सस्थाले सहयोग गर्नका लागि फोटोग्राफर मञ्च दर्ता गरिएको बताउनुभयो । आगामि दिनमा सस्था सस्थालाइ अझ मजबुत बनाउनका लागि तत्पर रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय