बालबालिकाको प्रतिभा प्रस्फुटन गर्दै, ६० औं बाल दिवस ट्रीटन इन्टरनेशनल प्रथम

२०८१ भाद्र २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,२९ भदौ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन),काठमाडौ महानगरको आयोजनामा शनिवार काठमाडौ युनिभर्सल सेकेन्डरी स्कुल धुम्बाराहीमा ६० औं राष्ट्रिय बाल दिवस मनाइएको छ । बाल दिवसको अवसरमा नेशनल प्याब्सन काठमाडौ महानगरले थिम वेस प्रीजेन्टेसन कम्पिटिसन कार्यक्रम सम्पन्न गरेकाे छ ।

बाल प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा ३८ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा ट्रीटन इन्टरनेशनल स्कुल प्रथम भएकाे छ । दोश्रो ब्रेनल्याण्ड एकेडेमी स्कुल भएको थियो भने ब्रोक्लिन स्कुल तेस्रो र गोल्डेन गार्डेन एकेडेमीले चौथो स्थान हासिल गरेको थियो । प्रथमलाई पाँच हजार,दोस्रोलाई तीन हजार र तेस्रोलाई दुई हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वनालाई ट्रफी,मेडल र प्रमाणपत्र मात्र प्रदान गरिएको थियो ।

नेशनल प्याब्सन काठमाडौ महानगरका वरिष्ठ उपाध्यक्ष नवराज पाण्डेको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा युनिभर्सल सेकेन्डरी स्कुलका विद्यार्थीहरुको स्वागत नेतृत्व र गित रहेको थियो ।

कार्यक्रममा नेशनल प्याब्सन गोकणेश्वारका अध्यक्ष निराजन आचार्य,नेशनल प्याब्सन काठमाडौका अध्यक्ष अमृत खड्का,बागमती प्रदेशका अध्यक्ष नारायण कर्म कार्की लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार,गीतकार,गजलकार तथा लेखक प्रा.डा. कृष्ण हरी बरालले बाल दिवस मनाए पनि वास्तवमा बाल अधिकार प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “जतिबेला बालबालिका सडकमा बस्न पर्ने वातावरणको अन्त्य हुन्छ तबमात्र बाल दिवस मनाउनुको अर्थ हुन्छ ।” लेखेको भाषण समेत राम्रोसँग पढ्न नसक्ने नेताले बाल अधिकार भाषणमा मात्र सिमित गराएको भन्दै भविष्यमा देश हाक्ने गरि प्रतिभावान हुन विद्यार्थीलाई उहाँको सुझाव थियो । विद्यालय राम्रो हुनको लागि विद्यार्थी,शिक्षक र अभिभावक राम्रो हुनुपर्ने भन्दै सिद्धान्तमा भन्दा पनि प्राक्टिकलमा ध्यान दिन विद्यार्थीहरुलाई उहाँको आग्रह थियो ।

नेशनल प्याब्सन काठमाडौ महानगरका अध्यक्ष विजय खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रकाश श्रेष्ठले गर्नुभएको थियो । यस प्रकारको कार्यक्रमबाट विद्यार्थीमा भएको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुने तथा विद्यार्थीमा खोजमूलक सिकाइ उपलब्धि समेत हासिल हुने संचालक प्रकाश श्रेष्ठले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय