कर्मचारी बढुवा गर्ने गरिमा बैंकको नौलो अभ्यास

२०८१ आश्विन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ ३ असोज । देशभरका १७ विकास बैंक मध्ये एक नम्बरमा रहेको गरिमा विकास बैंकले आफ्ना कर्मचारीको वृद्धि विकासको लागि नयाँ अभ्यास गरेको छ ।

देशभर १ सय २१ शाखा कार्यालय रहेको बैंकले कर्मचारीको आन्तरिक बढुवाको लागि देशभरका ९ स्थानमा बिहिबार परिक्षा संचालन गरेको हो । करिब ६ सय भन्दा माथी कर्मचारी बीच गरिएको परिक्षा अनलाइन र लिखित गरि संचालन गरिएकाे थियो ।

काठमाडौ,पोखरा,बेनि,कोहलपुर,वालिङ्,नवलपरासी,बुटवल,इटहरी र लालबन्दीमा लिएको परिक्षा केन्द्रमा जुनियर असिस्टेन्ट देखि सिनियर अफिससम्मको सहभागिता रहेकाे थियाे ।

नयाँ प्रयोगका कारण विकास बैंकमा पहिलो बनेको गरिमा विकास बैंकको यो प्रयोग पनि बैंकको क्षेत्रमा नयाँ प्रयोग मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय