कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

२०८१ आश्विन १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन,१३ असाेज ।  भरतपुर महानगरपालिका वाड नं–१० स्थित कलेज अफ मेडिकल साइन्स(College of Medical Sciences_ ) र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्झौता भएको छ । आइतबार प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्स का तर्फबाट Additional Director  डा.मनोहर प्रधानले  हस्ताक्षर गर्नुभएको हाे ।

सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्स सँग प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेष छुट पाउने भएका छन् । सिओएमएस मा उपचार गर्दा औषधि, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २०∞ सम्म को छुट पाउने छन् ।

प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सको सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेशगर्नुपर्ने छ ।

 नेपालभर ३१५ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ६९ भन्दा बढि एक्सटेन्सन काउन्टर रहेका छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय