काठमाडौ,१६ असोज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र MAW-वृद्धि मोटर्स प्राइभेट लिमिटेड बीच विद्युतीय(EV) गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी(रातो प्लेट) को NAMMI / SERES विद्युतीय(EV) गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ ।
कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडी(EV) को बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढिमा सात वर्ष सम्म कर्जा अवधि दिइने यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुने छ ।
बैंकको २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।