Tanu Dance academy द्वारा आयोजित खुल्ला एकल नृत्य प्रतियोगितामा ममता सुनार प्रथम

२०८१ कार्तिक ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

संगम भण्डारी, निकेश थापा
स्याङ्जा, ५ कार्तिक ।  गल्याङ नगरपालिका ३ , गल्याङमा Tanu Dance academy द्वारा खुल्ला एकल नृत्य  प्रतियोगितामा ममता सुनार प्रथम हुनुभएकाे छ  ।

शनिबार उक्त प्रतियोगितामा विभिन्न क्षेत्रबाट ९ जनाको सहभागी रहेको उक्त कार्यक्रममा दोस्रो सतीस सेन्चुरी  , तेस्रो सुस्मिता नेपाली र सान्त्वना पुरस्कार कुसुम सिंजालीले प्राप्त गर्नुभएको कार्यक्रमका अध्यक्ष सन्तोष बलामीले जानकारी दिनुभयो।

उक्त कार्यक्रम सञ्चालन गर्नका लागि गल्याङ नगरपालिकाका मेयर उपमेयरको सहयोग गर्नुभएकाे थियाे।

उक्त प्रतियोगितामा बोल्दै शान्त बहदुर बिश्वकर्मा भन्नुभयो यो कार्यक्रमले भाइबहिनीहरूको प्रतिभाको प्रस्फुटन गर्न निकै सहज पुर्‍याएको छ साँच्ची नै यो कार्यक्रमले भाइबहिनीहरूको कलाको पहिचान गर्न र सफलताको बाटो लैजानको लागि  कार्यक्रमले सहयोग पुर्‍याएको बताउनुभयो। उहाँले आउँदा दिनहरूमा अझै यस्ता कार्यक्रमहरू सञ्चालन गरेमा भाइबहिनीहरूको क्षमता अभिवृद्धि हुने समेत बताउनुभयो।

उक्त कार्यक्रमका प्रमुख अतिथि अर्जुन विश्वकर्मा, विशिष्ट अतिथि मानकुमारी सिंजाली मगर लगायतको अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा निर्णयको रूपमा विश्वास थापा र पदम विश्वकर्मा रहनुभएको थियो। उक्त कार्यक्रम सञ्चालन अप्सरा सुनारले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय