आँधीखोलामा बजार अनुगमन : अखाद्य वस्तु नष्ट

२०८१ कार्तिक ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

स्याङ्जा, ९ कार्तिक । आँधीखोला गाउँपालिकाले कृतिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या भएको गुनासो बढेपछि बजार अनुगमनलाई तीव्र पारेको छ ।

आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापाको नेतृुतवमा जुग्ले, सेपत, फूलबारी, सेतीदोभान, रंगेठाटी र कृषि बजार क्षेत्रका होटल तथा रेष्टुरेण्ट, किराना, हार्डवेयर, भेटेरिनरी, तरकारी तथा फलफूल पसल गरी ८० पसलमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा नविकरण नभएकालाई गर्न लगाइएको छ भने ढक तराजुको सहि प्रयोग गर्न निर्देशन दिइएको छ । यस्तै अनुगमनमा ९० लिटर अबैध मदिराका साथै अखाद्य र म्याद गुज्रेका सामाग्री बारमद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय