भारत सरकारको सहयोगमा स्याङजामा १६ एम्बुलेन्स र ४ स्कुल बस

२०८१ कार्तिक ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा,९ कार्तिक । नेपालका लागी भारतीय राजदुतावासका प्रथम सचिव अभिनास कुमार सिङले नेपालमा अप्ठ्यारो पर्दा सदैव भारतले सहयोग गरेको बताउनुभएको छ । भारतीय सहयोगमा बनेको गल्याङ नगर अस्पतालको शुक्रबार उद्घाटन गर्दै सिङले यस्तो बताउनु भएको हो ।

हरेक बर्ष भारतमा गणतन्त्र दिवशको अबसरमा भारत सरकारले नेपालमा स्कुल बस र एम्वुलेन्स प्रदार्न गर्दै आएको पनि उहाँले बताउनुभयो । हालसम्म भारत सकारले नेपालमा १ हजार ९ एम्बुलेन्स तथा ३ सय स्कुल बस प्रदान गरेको उहाँको दाबी थियो । जसमध्य गण्डकी प्रदेशमा १ सय १९ एम्बुलेन्स र ४० स्कुल बस संचालनमा रहेको उहाँले बताउनुभयो । हालसम्म स्याङजा जिल्लामा भारत सरकारको सहयोगमा १६ एम्बुलेन्स र ४ स्कुल बस रहेको समेत सचिव अभिनास कुमार सिङले जानकारी दिनुभयो । नेपालमा पर्ने हरेक समस्याको समाधानका लागी भारत सरकार कटिवद्ध रहेको उहाँको भनाई छ ।

बि।सं २०६८ सालमा नेपाल र भारत सरकारको सहयोगमा करिब ३ करोड ७९ लाखको लागतमा गल्याङ नगर अस्पताल निमार्ण सम्पन्न भएको थियो । १५ सैयाको अस्पतालवाट स्याङजा,पाल्पा,पर्वत र गुल्मी जिल्लाका नागरीकहरुले सेवा लिदै आएका छन । दैनिक दुई सय भन्दा बढि बिरामीले उपचार पाइरहेको अस्पतालमा बहिरङ्ग, मातृशिशु , प्रसूति सेवा, आँखा, दाँत, भिडियो एक्सरे, सेवा दिदै आएको छ भने चौबीसै घण्टा आकस्मिक सुविधा समेत रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय