नेपाल तरुण दलको आयोजनामा भिरकोटमा १०६ युनिट रगत संकलन

२०८१ कार्तिक १०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, १० कार्तिक । स्याङ्जाको भिरकोट नगरपालिकाको वडा नम्बर १ बयरघारीको प्रगति टोलमा नेपाल तरुण दलको आयोजनामा १०६ युनिट रगत संकलन भएको छ। कार्यक्रममा नेपाली कांग्रेस प्रदेशका उपसभापति तथा पूर्व प्रदेश मन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम शनिबार सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि मेखलाल श्रेष्ठले नेपाल तरुण दल नेपाली कांग्रेसको मेरुदण्डको रुपमा रहेको छ । त्यसै गरी रक्तदान जीवन दान भन्ने भनाइ लाई महत्व राखेर ७२ औं तरुण दल स्थापना दिवसको दिन कार्यक्रम राखेकोमा खुशी लागेको व्यक्त गर्नुभयो। नागरिकको स्वास्थ्य माथि महत्व राख्दै मानवको जीवन बचाउको लागि अग्रसर भएर रगत संकलन गरेकोमा तरुण दललाई विशेष धन्यबाद भन्दै नागरिकका समस्यामा समाधान लिएर समाजका विकृति विसंगति बिरुद्द र समाज सेवामा अघि बढ्न सक्नुपर्छ भन्दै तरुण दललाई विशेष धन्यवाद प्रकट गर्नुभयो।

कार्यक्रम नेपाल तरुण दलका स्याङ्जा जिल्ला कार्यबाहक सभापति रविन केसिको अध्यक्षतामा सुरुवात भएको थियो। स्वागत मन्तब्य भिरकोट नगरपालिका वडा नंवर १ का वडा अध्यक्ष तथा स्याङ्जा जिल्ला नेपाल तरुण दल क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष दिपेन्द्र केसीले राख्नु भएको थियो। कार्यक्रम सञ्चालन तरुण दलका सचिव चन्द्र रानाले गर्नुभएको उक्त कार्यक्रममा प्रदेश सांसद महेश भट्टराई, पूर्व प्रदेश सांसद भागवत प्रकाश मल्ल, भिरकोट प्रमुख गोविन्द कुमार कर्माचार्य, उपमेयर भगवती रेग्मी अर्याल, वालिङ्गका पूर्व मेयर दीलिप प्रताप खाण, गल्याङ्गको उपमेयर हेमा न्यौपाने लगायत पार्टी चिन्तन गर्ने विभिन्न पदमा रहनु भएका विविध व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा आफूले सोचे भन्दा बढी १०६ युनिट रगत संकलन भएकोमा  तरुण दलका कार्यबाहक सभापति रविन केसिले खुशी व्यक्त गर्नुभएको थियो। त्यसै गरी उहाँले बोल्दै रगत दान सबै भन्दा ठूलो र पुण्य दान भएको कुरा शास्त्रमा पनि उल्लेख गरिएको बताउँदै रक्त दान कार्यक्रममा सहभागी सम्पूर्णलाई विशेष धन्यवाद भन्दै आभार प्रकट गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय