काठमाडौं, १४ कात्तिक । गरिमा विकास बैंक लिमिटेडले साफ वुमन्स च्याम्पियनसिप फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार दिने घोषण गरेको छ ।
बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ । खेल साँझ साढे ६ बजेदेखि रङ्गशाला सुरु हुदैँछ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।
विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवद्र्धनमा सहयोग गर्दै आईरहेको छ ।