कृषि उत्पादनमा वृद्धि र अर्गानिक खेती प्रणालीमा जोड दिन कृषकसगं कृषि प्राविधिक

२०८१ कार्तिक २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का

स्याङ्जा,२० कार्तिक । गल्याङ्ग नगरपालिकाले कृषि उत्पादनमा वृद्धि गर्न अर्गानिक खेती प्रणालीमा कृषकहरुलाई उत्प्रेरित गर्ने उद्धेश्य सहित कृषकसगं कृषि प्राविधिक कार्यक्रम नगरमा गएको वर्ष देखि सञ्चालन गर्दै आएको छ । नगरपालिका भित्रका ११ वडा मध्य १० वटा वडाका ६८ स्थानमा कृषि सम्बन्धी छलफल अन्तर्क्रिया कार्यक्रम भइसकेको तर वडा नम्बर ४ मा बाकी रहेको गल्याङ्ग नगर प्रमुख गुरु प्रसाद भट्टराईले जानकारी गराउनुभयो ।

नगर प्रमुख गुरु प्रसाद भट्टराईले कृषि प्रधान देशमा अर्गानिक खेती प्रणालीलाई जोड दिन स्वस्थ खाना उत्पादन गर्न र उत्पादनसगं जोडिनकोलागि नगरपालिकाले कृषि कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी गराउनुभयो । त्यसैगरी उहाँले कृषकको मनोबल उच्च राख्नको लागि समस्या पर्दा राज्य छ सरकार छ भनेर अनुभूति दिलाउन को लागि फम सञ्चालन गरेका पहुंच पुगेका केही व्यक्ति मात्र लाभान्वित भएको हुँदा गुजारा खेती प्रणाली गरेर जीवन यापन गरिरहेका कृषक सामु पनि नगरपालिकाले ल्याएका योजनाको बारेमा जानकारी गराउन र पहुंच पुर्याउन लाभान्वित हुने गरी कार्य गर्नको लागि कृषि सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनुभयो । नगरपालिकाले विविध ठाउँमा कार्यक्रम सञ्चालन गर्दा त्यहा भए गरेका गतिविधिका बारेमा जानकारी हुने र समस्याका बारेमा थाहा पाउन सकिने बताउँदै समस्या माथि समाधान खोज्न सहज भएको बताउनुभयो ।

 

 

उहाँले कृषकसगं अन्तर्क्रिया कार्यक्रम सहजीकरणको लागि आवश्यक परामर्शको लागि कृषि शाखा, पशु शाखा र गल्याङ्ग कृषि तथा पशु उद्यमशीलताका सामाजिक सहजकर्ता सहित कार्यक्रम सञ्चालन गर्दै अघि बढेको जानकारी गराउनु भयो । त्यसै गरी उहाँले करेसाबारीमा बीउ बिजन रोप्ने समय लगायत विविध जानकारीहरु समेटिएको कृषक हाते पुस्तिका वितरण गरिएको जानकारी पनि गराउनुभयो । यसले गर्दा समस्या हुँदा समाधान गर्न सहज हुने भन्दै कृषिमा समस्या पर्दा परामर्शको लागि आवश्यक सल्लाह सुझाब लिन सम्बन्धित निकायमा सम्पर्क गर्नको लागि अनुरोध गरिएको पनि बताउनुभयो ।

उहाँले गएको वर्ष पनि कृषकसगं कृषि कार्यक्रम सञ्चालन गर्दा कृषकहरु लाभान्वित भएको बताउँदै यो वर्ष पनि सञ्चालन गरिएको जानकारी गराउनुभयो । यो कार्यक्रम बाट पाँच हजार भन्दा बढी स्थानिय लाभान्वित भएको जानकारी पनि उहाँले बताउनुभयो । गल्याङ्ग नगरपालिकामा प्रभाबकारी भएको भएर अन्य पालिकाहरुले पनि कृषकसगं कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरेको पनि उहाँले बताउनुभयो ।

नगर प्रमुख भट्टराईले कृषि सम्बन्धी अन्तरक्रिया बाट कृषकलाई धेरै फाइदा भएको बताउँदै हाते पुस्तिकाले पनि सहज हुने बताउनुभयो । ठूला योजनाले मात्र समृद्धि आउने नभई साना योजना बाट पनि प्रभाबकारी ढंगले कार्य गर्दा लाभान्वित हुन सकिने उहाँकाे जाेड थियाे ।

उहाँले उत्पादनसगं जोडिएर कार्य गर्न सकियो भने आयातमा कमी हुन गई आत्मनिर्भरतामा वृद्धि हुने बताउँदै आर्थिक उपार्जनमा टेवा पुग्ने जानकारी गराउनुभयो । त्यसैगरि अर्गानिक खेती प्रणालीले शरीर स्वस्थ रहन सहयोग पुग्ने बताउँदै नयाँ पुस्तालाई पनि उत्पादनसगं जोडिएर अघि अाग्रह गर्नुभयाे । त्यसैगरी अनावश्यक ठाउँमा समय खर्चन भन्दा उत्पादनसगं समय खर्चिने बानीको विकास गर्न सकिने पनि उहाँले बताउनुभयो ।

कृषिलाई प्राथमिकतामा राखेर नगरपालिकाले आयोजना गरेको कृषकसगं कृषि प्राविधिक कार्यक्रम देश कै लागि नमुनाको रुपमा रहन सक्छ । बाकी पालिकाले पनि उत्पादनमा जोडिएर स्थानीय समस्या पहिचान गरी अघि बढ्ने कार्यं गरेमा समृद्धि ल्याउन बेर लाग्दैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार