सहकारी डुबेका होइनन्, सहकारीको खोल ओडेको बैंक डुबेका हुन् : अधिवक्ता अर्याल

२०८१ कार्तिक २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२४ कार्तिक । पछिल्लो समय सहकारीमा देखिएको समस्या नितान्त सहकारीको नभई अरबौमा खेल्नेहरुको समस्या भएको अधिवक्ता अर्जुनकुमार अर्यालले बताउनु भएको छ ।

गणेश हिमाल बचत तथा ऋण सहकारी सस्थाको १४ औं बार्षिक साधारणसभामा बोल्दै अधिवक्ता अर्यालले सहकारीको खोल ओडेर बैंकको कारोबार गर्ने सस्थामा समस्या आएको बताउनु भयो । उहाँले भन्नुभयो,  “अहिले केहि सहकारीमा देखिएको समस्य सहकारीको खोल ओडेर बैंकको कारोबार गर्नेले निम्त्याएका हुन् ।” सहकारीको नियम अनुसार चले सहकारीमा समस्या नआउने भन्दै अधिवक्ता अर्यालले हरेक नागरिक समृद्धिको लागी सहकारी अभियान उपयुक्त रहेको समेत बताउनुभयो ।

बैंक तथा अर्थ नितिको बिसयमा नेपाल सरकार समक्ष समेत सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएका अर्यालले नेपालको अर्थ नितिकै कारण अहिले देशको अर्थिक क्षेत्रमा समस्य देखिएको बताउदै नेपालको परिवेश सुहाउँदो अर्थ निति ल्याउन सम्बन्धित निकाय लाइ समेत ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय