स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी

२०८१ कार्तिक २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल

स्याङ्जा, २५ कार्तिक । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका कार्यक्षेत्र रहेको ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारीले कृषि क्षेत्रमा जिल्लामै उत्कृष्ट काम गर्दै आएको छ । जिल्लाका सयौ सहकारी मध्ये स्वावलम्बन सहकारी कृषि क्षेत्रमा कामबाटै उत्कृष्ट बनेको हो ।

सहकारीले लद्युवित्त प्रबद्र्धन मार्फत सहुलियत व्याजदरमा झण्डै २५ करोड ऋण प्रबाह गरेको छ । गाउँपालिकाका ३ हजार ४ सय ८४ घरधुरी मध्ये करिब २५ सय शेयर सदस्यबीच कारोबार गर्दै आएको छ । आर्थिक २०८१÷०८२ सम्ममा प्रत्येक घरधुरीलाई सहकारीमा आबद्धता बनाउने अभियान चलाएको छ ।

शेयर सदस्यले पालन गर्दै पशुहरुको बीमा गर्ने कार्यक्रमलाई सहकारीले प्राथमिकता दिर्दै आएको छ । २०७४/०७५ देखि संचालन गरिएको पशु बीमा कार्यक्रम मार्फत पशु क्षतिपूर्ति स्वरुप शेयर सदस्यलाई २२ लाख भुक्तानी गरिएको सहकारीका अध्यक्ष बोधनारायण रेग्मीले बताए । उनका अनुसार बीमा कोष मात्रै १ करोड ३१ लाख ४९ हजार ५ सय ४९ रुपैयाँ रहेको छ ।

सहकारीले आफ्ना शेयर सदस्यहरुको सुरक्षाका लागि म्यादी जीवन बीमा कार्यक्रम संचालन गरेको छ । उमेर हद अनुसार ३ लाखदेखि १५ लाखसम्मको म्यादी जीवन बीमा गरिने अध्यक्ष रेग्मीले बताए । म्यादी बीमामा सबै सदस्यलाई समाबेश गर्ने तयारी समेत गरेको उनले बताए ।

आफ्ना शेयर सदस्यहरलाई कृषिमा आत्मनिर्भर बनाउन सहकारीले ‘आलिदेखि थालिसम्म’ भन्ने अभियान चलाएको छ । अभियान अन्र्तगत मौसमी तथा बेमौसमी खेतिका लागि निशुल्क बिउबिजन र टनेल वितरण गर्दै आएको सहकारीले जनाएको छ ।

सामुदायिक सामाजिक अन्र्तगत ‘मत्रोदेखि कात्रोसम्म’ कार्यक्रममा शेयर सदस्य मध्ये सुत्केरी हुने महिलालाई २ हजार स्याहार खर्च दिने गरेको छ । सहकारीले शेयर सदस्यको मृत्यु भएमा कृया खर्च बापत १५ हजार र कोरोनाका कारणले मृत्यु भएमा २५ हजार दिने व्यवस्था गरेको सहकारीका प्रबन्धक शालिग्राम काफ्लेले बताए ।

सहकारीले कृषि र पशुपालनमा आबद्ध शेयर सदस्यलाई ५० प्रतिशत मासुजन्य लगानीमा २ वटा भैसी फार्म, ४ वटा बाख्रा फार्म र २ वटा बंगुर फार्म संचालन गर्दै आएको छ । २० वटा भन्दा बढि बाख्रा पालन गर्ने सदस्यलाई खोर व्यवस्थापन भनेर ५ हजार अनुदानको व्यवस्था गरेको छ ।

कृषिमा व्यवसायीकरण गर्न आउँदो वर्षदेखि सहकारीले कृषि प्रदर्शनी, कफि, सुन्तला र मौरीपालनमा युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने भएको छ । भकारो सुधार, पशु नश्ल सुधारका लागि पशु प्राविधिकको व्यवस्था समेत गर्ने भएको छ । सहकारीले ५० प्रतिशतमा पशुको औषधी वितरण, उन्नत जानको बोका र रागाँको वितरणका लागि पहल गर्ने भएको छ ।

नेपालका विभिन्न जिल्लामा संचालित साना किसान कृषि सहकारी मध्ये स्याङ्जाको ग्रामीण स्वावलम्बन सहकारीले उत्कृष्ट काम गरेको साना किसान कृषि सहकारी महासंघका अध्यक्ष खेम पाठकले दाबी गरे । सहकारीले पशुपालन र कृषिमा उदाहरणीय काम गरेको पाठकले बताए ।

कृषि सहकारी मार्फत उत्कृष्ट काम गर्ने सहकारीहरुलाई सहुलियत दरमा ऋण दिएर भएपनि शेयर सदस्यको आर्थिक विकासमा टेवा पु¥याउने तयारीमा महासंघ लागेको अध्यक्ष पाठकले जानकारी दिए । सहुलियत दरमा ऋण उपलब्ध गराउन जापानिज सहयोग नियोग (जाईका) सहितका दातृ निकायसँग छलफल चलिरहेको समेत उनले जनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय