काठमाडौ,३० कार्तिक । कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा दुइ जना दोषी ठहर भएका छन ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामी दोषी ठहर भएका हुन् ।
अख्तियारको टोलिले मोहनसिंह धामी र अशोकसिंह धामीलाई चार लाख १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारेको थियाे । उनीहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र अशोकसिंह धामीको नाममा काटिएको दुई लाख ५० हजारको दुईवटा चेक गरी पाँच लाखको चेकसहित अख्तियारले नियन्त्रणमा लिएर थियाे ।
न्यायाधीश टेक नारायण कुवर,राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको सयुक्त इजलासले धामीलाई बिहिवार दोषी ठहर गरेको हो । दोषी ठहर भएका उनिहरूलाई २ लाख ६० हजार बिगो जरिवाना सहित ६ महिना कैद हुने फैसला भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।