सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिए

२०८१ मंसिर ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ मंसिर । सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

आइतबार बिहान काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलमा युवायुवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयाे।

दुई जना चौथो तलाको बरण्डामा मृत फेला परेका हुन्।

उनीहरूको पासपोर्ट प्रहरीले फेला पारेको छ। मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङका २९ वर्षीया सर्मिलाकुमारी माझी छन्।

दुबै जना बरण्डाको रेलिङमा सेतो सलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार