काठमाडौं,१८ मंसिर । यूएईमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ । दुबईको सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिले व्याटिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनको योगफल बनाएको हो ।