पत्रकार प्रदीप कोइरालालाई रोयल सहकारी सम्मान

२०८१ मंसिर २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भवानी अधिकारी
स्याङजा २१ मंसिर । रोयल बचत तथा ऋण सहकारी संस्था लि को २३ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनमा पत्रकार प्रदीप कोइरालालाई सम्मान गरिएको छ ।

पत्रकारिताको माध्यमवाट सहकारीमा पुरयाएको योगदानको स्मरण गर्दै प्रेस यूनियनका निवर्तमान अध्यक्ष कोइरालालाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटी, मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल, सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले अविर र दोसल्ला ओढाई सम्मान गरिएको हो ।

उहा लगायत अन्य ९ जनलाई पनि बिभिन्न बिधामा रोयल सहकारी सम्मानबाट सम्मानित गरिएको थियो । पुतलीबजार नगरपालिका १ मा मुख्य कार्यालय रहेको सहकारी जिल्लाकै नमूना सहकारीको रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय