प्रभु बैंक र डेन्टल हस्पिटल बीच छुट सम्झौता

२०८१ पुष ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ११ पुस । हिमाल डेन्टल हस्पिटल प्रा.लि  र  विभान्ता डेन्टल हस्पिटल प्रा.लि.सँग प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक र कर्मचारीलाई २० प्रतिशत विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। यस सम्झौतासँगै, प्रभु बैंकका कर्मचारी र उनका परिवारजन तथा ग्राहकहरूले दन्त सेवामा छुट प्राप्त गर्ने छन्।

उक्त सम्झौता–पत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणाले संयुक्त हस्ताक्षर गर्नुभएकाे हाे ।

प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय