युबराज सुबेदी
स्याङ्जा ,१४ पुस । स्याङ्जाको भीरकोट नगरपालिका द्वारा सन्चालित राष्ट्रपती रनिङ्शिल्ड कार्यक्रम सनिवार सम्पन्न भएको छ। पौष ९ गते बाट सन्चालित भएर १३ गते समापन भएको हो।
समापन कार्यक्रमको अध्यक्षता भिरकोट नगर उपप्रमुख भगवती रेग्मी अर्यालले गर्नुभएको थियो,समापन कार्यक्रमको प्रमुख आतिथ्यता नगरप्रमुख गोबिन्द बहादुर कर्माचार्यले गर्नु भएको थियो।कार्यक्रममा खेल संयोजक एबम भिरकोट नगर प्रबक्ता दिपेन्द्र केसि ,वार्ड न ७ का वार्ड अध्यक्ष तारा प्रसाद अर्याल,वार्ड न ३ का वार्ड अध्यक्ष क्या।केशर बहादुर खड्का,वार्ड न ५ का वार्ड अध्यक्ष सु।कृष्ण बहादुर थापा,वार्ड न ६ का अध्यक्ष लक्षमण खत्री लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख गोबिन्द बहादुर कर्माचार्यले आगामी वर्ष खेलकुद महोत्सव सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । फुटबल, भलिबल, क्रिकेट, टेवुल टेनिस, व्याडमिन्टनलगायत हरेक खेलमा विद्यार्थीहरुको रुचि अनुसार सहभागी गराएर भव्यरुपमा खेलकुद महोत्सव अगाडि लैजाने तयारीमा रहेको अग्रिम जानकारी गराउन चाहन्छु नगर प्रमुख कर्माचार्यले बताउनु भयो।
छैटौं संस्करणको प्रतियोगितामा सहभागिता जनाउने विद्यालयहरुले विद्यार्थीको १८ वर्षे उमेर हदको नियम पालना नगरेको हुँदा रनिङ शिल्ड नगरपालिकामै राख्न बाध्य भएका छौं । गतवर्ष पनि यस्तै भएको उल्लेख गर्दै नगर प्रमुख कर्माचार्यले यसरी रनिङ शिल्ड विद्यालयलाई दिन नपाउँदा दुःख लागेको बताउनुभयो । अर्कोसाल अहिले जस्तो नियम विपरित काम नगर्न उहाँले विद्यालयहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रथम भएर पनि शिल्ड लैजान नपाउँदा तपाईंहरुको पनि चित्त दुख्ला र हामीलाई पनि चित्त दुख्ला, त्यसैले नियमानुसार विद्यार्थीहरुको सहभागिता गराएर शिल्ड लैजाने काम गर्न मेरो अनुरोध छ ।”
खेल शारीरिक तन्दुरुस्तीका लागि मात्र नभएर व्यक्तित्व विकाससँगै राष्ट्रको लागि पनि फाइदाजनक भएको नगर प्रमुख कर्माचार्यले औंल्याउनुभयो । हाम्रा भाइ बहिनीहरुले खेल क्षेत्रमा लागेर अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गरेका हामीले सुनिरहेका छौं । त्यसैले विद्यार्थी भाई बहिनीहरुले अनुशासित भएर खेल्दै जानुभयो भने भीरकोटमा मात्र नभएर देश विदेशमा समेत चिनिन र चिनाउन सक्नुहुने छ भन्ने आँफुले विश्वास लिएको नगर प्रमुख कर्माचार्यले व्यक्त गर्नुभयो ।
यसैगरी नगर उपप्रमुख भगवती अर्याल रेग्मीले पढाईसँगै आ आफ्नो रुचि अनुसारका खेलक्षेत्रमा लागेर व्यक्तित्व विकासमा लाग्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । प्रतियोगितामा सहभागी भाईबहिनीहरुले कुशलतापूर्वक खेल प्रदर्शन गरेको उल्लेख गर्दै नगर उप प्रमुख अर्यालले यसैगरी आफ्नो क्षमतालाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा ३६ अंक प्राप्त गरेर भाग्योदय माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी ३० अंक प्राप्त गर्दै सहिद शुक्र मा।वि। बानेथोक देउराली द्वितीय र २४ अंक प्राप्त गर्दै दहथुम मा।वि। तृतीय भएको छ।
यसैगरी भू। पू। आवासीय मा।वि। ले २२ अंक, कन्साइन्स मा।वि। ले १८ अंक, बालज्योती अंग्रेजी आवासीय माध्यमिक विद्यालय १८ अंक , बालोदय अंग्रेजी आवासीय माध्यमिक विद्यालयले १२ अंक , पब्लिक एकेडेमीले ८ अंक पदक हात पारेका छन्। प्रतियोगितामा सहभागी १७ वटा माध्यमिक विद्यालय मध्य ४ वटा विद्यालयले कुनै पनि पदक जित्न सकेनन्। धेरै पदक जितेका विद्यालयहरूले नियम विपरीत खेलाडी खेलाएकाले रनिङ शिल्ड कुनै पनि विद्यालयलाई नदिइएको खेलकुद समितिका संयोजक एवं नगर प्रवक्ता दिपेन्द्र के।सी। ले जानकारी दिनुभयो।
प्रतियोगितामा छात्र र छात्राहरूले १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर दौड, १ह४०० मिटर रिले, ४ह४०० मिटर रिले, कपर्दी, भलिबल, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सट पुट, र ज्याभ्लिन थ्रोजस्ता खेलमा भाग लिएका थिए।
समापन समारोहमा विश्व हिन्दु युवा संघका अध्यक्ष नवराज पौडेल र अन्डर १९ भलिबल खेलाडी जितबहादुर एस।के। लाई सम्मान गरिएको थियो। अध्यक्ष पौडेले जिल्लामा नैतिक शिक्षा विषयको पठनपाठन गर्न र शैक्षिक तथा धार्मिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको हो। खेलाडी एस। के। लाई खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको हो।कार्यक्रमको सन्चालन भिरकोट नगरपालिका वार्ड न ८ का वार्ड अध्यक्ष नन्दु खनालले गर्नु भएको थियो।