कानून नमान्ने खेलकुद संघलाई केहिदिनभित्रै कारवाही हुन्छ : खेलकुदमन्त्री चौधरी

२०८१ पुष १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १४ पुस। खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालको कानून नमान्ने खेलकुद संघलाई केहिदिनभित्रै कारवाही गर्ने स्पष्ट पार्नुभएको छ ।

कांग्रेस निकट नेपाल लोकतान्त्रीक खेलकुद संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले केहि खेलकुद संघ ऐन कानून बिपरित अघि बढिरहेको भन्दै छिटै कारवाही गर्ने बताउनुभएको हो ।

उहाले अहिले खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरि अघि बढ्न खोजेको बताउनुभयो ।

अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन व्यवस्थीत गर्न खोजेपछि कमिटीले त्यसलाई अटेर गरेको उहाले बताउनुभयो ।

मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरुलाई पत्रचार गरेपनि नमानेको र त्यसपछि स्पष्टीकरण पठाएको जिकिर गर्नुभयो । केहि दिनभित्र खेलकुद संघलाई कारवाही गर्ने भन्दै उहाले त्यसमा हस्तक्षेप नगर्न आग्रह गर्नुभयो ।

मन्त्री चौधरीले नेपालको खेलकुद पूर्वाधारका लागि प्रयाप्त बजेट नभएकाले आगामी बर्ष बजेट बढाउने गरि पहल गर्न कांग्रेस नेतृत्वलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय