गहुँ निकासीमा प्रतिबन्ध लगाएको भारतले नेपाललाई भने दियो अनुमति

२०८१ पुष २१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २१ पुस ।  भारतले विश्वमा गहुँ निकासीमा प्रतिबन्ध लगाए पनि नेपाललाई २ लाख टन गहुँ निर्यात गर्न अनुमति दिएको छ ।

शनिबार एक सूचना जारी गर्दै नेपाललाई उक्त परिमाण गहुँ आयातका लागि नेशनल कोअपरेटिभ एक्सपोट्र्स लिमिटेड (एनसीईएल) मार्फत अनुमति दिइएको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी) ले जानकारी दिएको वाणिज्य सचिवले  बताए ।

‘हामीले माग गरेको परिमाण पठाएको छ । अन्य मुलुकमा भने निर्यात बन्द नै छ,’ कार्की भन्छन् । नेपालले ६ महिनाअघि भारतलाई उक्त परिमाणको गहुँ आयातका लागि माग गर्दै पत्र पठाएको कार्कीले बताए । सोहीअनुसार नेपालमा उक्त परिमाणमा गहुँ आयातका लागि खुला गरेको हो ।

भारतले २३ मे २०२२ (२०७९ वैशाख ३० गते) गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसयता भारतले कोटामार्फत नेपालमा भने गहुँ निर्यात गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार