राज्यव्यवस्था समिति सभापति खतिवडा र सांसद थानीबीच भनाभन

२०८१ पुष २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२२ पुस ।  राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र कांग्रेसकै सांसद हृदयराम थानीबीच भनाभन भएको छ । समितिको सोमबारको बैठकमा सांसद थानी बोलिरहेको बेला सभापति खतिवडाले अवरोध गरेपछि भनाभन भएको हो ।

समितिमा प्राप्त उजुरीहरूबारे छलफल भइरहेको छ । समितिमा सभापति खतिवडाले सांसद थानीलाई बोल्नका लागि समय दिनुभएकाे थियाे । थानीले समितिमा प्राप्त उजुरीहरू कसरी पार लगाउने र लामो समयदेखि थन्किएका विधेयकलाई कसरी कानुनको रूप दिने भनेर धारणा राख्नुभएकाे थियाे ।

सांसद थानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक पनि संसदीय समितिमा आईसीयूमा पुगेको भनेपछि सभापति खतिवडा बोल्न थाल्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय