एकाबिहानै भूकम्प: प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

२०८१ पुष २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२३ पुस । एकाबिहानै भूकम्पको धक्का गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गर्नुभएकाे छ ।

‘शुभप्रभात  हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्रीले मंगलबार आफ्नो फेसबुकमार्फत गर्नुभएकाे छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहानको भूकम्प चीन केन्द्रबिन्दु भएर गएको जनाएको छ ।

बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ ।  बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँबासी होहल्लासहित घरबाहिर निस्केका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय