भूकम्पकाे धक्काले बारामा ११ विद्यार्थी बेहोस

२०८१ पुष २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २३ पुस। मंगलबार बिहान चीनमा गएको भूकम्पका कारण नेपालमा मानवीय क्षति नभए पनि केही भौतिक संरचनामा भने क्षति पुगेको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको मन्त्रालयको भनाई छ । उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई उनीहरू डिस्चार्ज भइसकेका छन् ।

मंगलबार बिहान ६:५० बजे तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७  म्यानिच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय