प्रेम सुवाल र राजकिशोर यादवबीच चर्काचर्की ? (भिडियो सहित )

२०८१ पुष २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २५ पुस । संसदीय समितिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ ।

यादव प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति हुन् भने सुवाल सोही समितिका सदस्य हुन् ।

बिहीबार समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल थियो ।

छलफलमा कार्यसूची बाहिरको विषय राखेको र लामो समय लिएको भनेर सुवाललाई सभापति यादवले रोक्न खोजे । त्यसपछि यादव र सुवालबीच चर्काचर्की परेको हो ।

सुवालले ‘औंला ठड्याएर’ सत्ताधारी दलका सांसदले जति पनि समय बोल्ने आफूलाई बोल्न समय नदिने विषयमा असहमति रहेको बताए । त्यसपछि सभापति यादवले आफूबाट कसैलाई विभेद नरहेको भन्दै औंला नठड्याउन आग्रह गरे ।

त्यसबेला यादवले समितिको बैठक सकिएको घोषणा गरिसकेका थिए । बैठक सकिएको घोषणा गरिसकेपछि पनि उनीहरूबीच केही मिनेट विवाद कायम रह्यो ।

चर्काचर्कीकैबीच समितिका सदस्यहरू, सभापति यादव र सुवाल पनि निस्किए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय