कांग्रेस एमालेबिच भएको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरुङ

२०८१ पुष २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २६ पुस । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले संविधान संशोधनका बिषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पार्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने स्पष्ट पार्नुभएको हो ।

संविधान संशोधनका लागि पुरा गर्नुपर्ने प्रक्रिया लामो हुन सक्ने भएकाले केहि समय लाग्न सक्ने संकेत मात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुन सक्ने उहाले बताउनुभयो ।

प्रवक्ता गुरुङले संविधान संशोधन गर्नुपर्ने कारणहरु पहिचान गरेर दुईदलले संशोधनको बिषय किटान गर्ने र त्यसपछि उक्त बिषयमा अन्य दलहरुसंग छलफल गरिने धारणा राख्नुभयो ।

संविधान संशोधनलई राष्ट्रिय एजेण्डाका आधारमा अघि बढाउनुपर्ने अवस्था रहेकाले केहि समय लाग्न सक्ने उहाको भनाइ छ । उहाले सदनमा होल्डमा रहेका विधेयकहरुलाई समेत अन्य दलसंग छलफल गरेर छिटो भन्दा छिटो अघि बढाइने बताउनुभयो ।

त्यस्तै पुष २३ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसंग सम्बन्धी कार्यक्रममा सहभागी हुन वनराज्य मन्त्रीलाई स्वीकृत प्रदान गरेको जानकारी दिनुभयो ।

त्यस्तै सहसचिव विष्णुप्रसाद शर्मालाई बिशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रुपमा काम गर्ने गरि काजमा खटाउने निर्णय भएको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने एक कार्यक्रममा सहभागी हुन उपमहालेखापरिक्षक बामदेव शर्मा अधिकारीलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय