राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न एकजुट भएर अघि बढ्नुपर्छ : राष्ट्रपति पौडेल

२०८१ माघ १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न एकजुट भएर अघि बढ्न पनि आव्हान गर्नुभएको छ ।

माघी पर्व २०८१ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापन कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न पनि आव्हान गर्नुभएको हो । उहाँले देशमा सुशासन, विकास र शान्तिनै नेपाल र नेपालीको अभिष्ट भएको धारणा राख्नुभयो । उहाँले संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्ति नै भएको बताउनुभयो । राष्ट्रपति पौडेलले सबैलाई आआफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ्न प्रेरणा मिल्ने भन्दै सम्पुर्णमा माघी पर्वको शुभकामना व्यक्त गर्नुभयो ।

चियापान कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वउपराष्ट्रपति, बिभिन्न दलका शीर्ष नेता लगाएतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार