काठमाडौँ,६ माघ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।
जसअनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।