काठमाडौँ ,१० माघ । राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्न सहमति जुटेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सरकारले प्रस्ताव गरेको प्रस्तावनामाथि संशोधन गर्ने सहमति भएको हो ।
विधेयकको प्रस्तावनामा केही शब्द थप गर्दै संशोधन गर्ने सहमति भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयाे ।
सांसदहरूको रायका आधारमा समितिले प्रस्तावनामा प्रविधिमैत्री, पारदर्शी, परिणाममुखी, समावेशी शब्द थप गर्ने निर्णय गरेको बताइएको छ ।