लक्ष्मण पाठक
जापान,११ माघ । आउँदो फेब्रुअरी १५ र १६ तारिख जापानको टोकियोमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अडिसन आयोजना हुने भएको छ । जापानमा रहेका नेपाली लक्षित कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।
यो अडिसनमा जापानमा बस्ने नेपालीहरूले आफ्नो गायन र नृत्य प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त जजहरू पनि सहभागी हुने कार्यक्रम तय भएको छ। यो अडिसनले नेपाली प्रतिभावान कलाकारहरूलाई अन्तर्राष्ट्रिय स्तरको मञ्चमा आफ्नो क्षमता प्रमाणित गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको दाबी छ ।
अडिसनमा प्रथम हुनेलाई १ करोड, द्वितीय हुनेलाई २५ लाख, र तृतीय हुने लाई १० लाख नगद समेत जित्नेछन् ।
कार्यक्रममा सहभागिता जनाउन इच्छुक प्रतिभावानहरूले चाँडो आफ्नो स्थान सुरक्षित गर्न आयोजकको आग्रह छ ।