काठमाडौ,२६ माघ । विगत ३ बर्षदेखि स्पाइनल इन्जुरी उपचार गराइरहनु भएका स्याङ्जा जिल्ला वालिङ वालिङ नगरपालिका १ त्रीयासी धरम पानी निवासी कुल प्रसाद रेग्मी (कृष्ण प्रसाद रेग्मी ) लाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ ।
लामो समयदेखि काठमाडौमा उपचार गराइरहनु भएका रेग्मीलाई आर्थिक अभाव भएपछि समाज सहित केही पदाधिकारीहरुको सक्रियता सनिवार रकम हस्तान्तरण गरिएको हो । संस्थाबाट रु २०,०००,बरिस्ठ उपाध्यक्ष खगेन्द्र गैरे र सदस्य बिदुर कोइरालाबाट २/२ हजार गरि जम्मा रु २४०००/- हस्तान्तरण गरिएको हो । संस्थाका सल्लाहकार हरि लुईटेलले जानकारी दिनुभयो ।
सहयोग रकम प्राप्त गरेपछि कृष्ण रेग्मी (कुल प्रसाद) ले आर्थिक अभावमा उपचार समेत गर्न नपाएको गुनासो सुनाउदै अब बाच्ने आशा जागेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो ” टिचिङमा अप्रेसन गरे ३ बर्ष देखि उपचार गराउदा आफूसंग भएको सबै सकियो,हुल्चियाए बाट अलिअलि हिड्न सक्ने भएको छु । अब २ महिना जति औसधि खान पाए लगभग ठिक हुन्थे ।” उपचारले स्वास्थ्यमा क्रमिक सुधार आए पनि उपचार गर्ने पैसा नहुदा स्वास्थ्यमा आएको सुधार रोकिएको उहाँको गुनासो थियो । काठमाडौमा खान बस्न कसैले सहयोग गरेको भन्दै उपचारको लागि मात्रै महीना करिब ३० हजार जति लाग्ने गुनासो सुनाउदै अब २ महिना जति उपचार गर्न पाए स्वास्थ्यमा पुरा सुधार हुने उहाँको बिश्वास थियो ।
पैसाको अभावमा उपचारमा अबरोध भएको भन्दै उहाँले अझै २ महिना उपचार गर्ने आर्थिक जोहो गर्दिन सबैलाई आग्रह समेत गर्नुभएको छ । बैन्क गरिमा बिकास बैँककाे कुल प्रसाद रेग्मीकाे 11610901122608000001 खातामा रकम जम्मा गरेर सहयाेग गर्न सकिन्छ भने 9864155372 मोबाईल नम्बरमा सिधा सम्पर्क गर्न सकिन्छ ।