उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यसँगको भेटघाटमा रोक

२०८१ फाल्गुन ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
 

काठमाडौँ,४ फागुन ।  पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको भेटघाटमा अस्पतालले रोक लगाएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै भेटघाट पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको हो ।

उहाँहरूको अवस्था हाल सामान्य भए तापनि संक्रमण हुने भएकाले भेटघाट पूर्ण रूपमा बन्द गरिएको छ अस्पतालले बताएको छ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते हुनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय