प्रधानमन्त्रीले भने “भारतको घटना समाचार बाट मात्रै थाहा पायौं “

२०८१ फाल्गुन ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ , ५ फागुन । भारतको उडिसामा पन्ध्र सय बिद्यार्थी लाई निष्कासन गरिएको बिषय संचार माध्यम बाट मात्रै जानकारी पाएको प्रधानमन्त्री केपि शर्मा ओलिले बताउनु भएको छ ।

प्रधानमन्त्री ओलिले फेसबुकमा लेख्नु भएको छ:

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय