भण्डारीको उपन्यास ‘बोरा’ कतारमा विमोचन तथा विमर्श

२०८१ फाल्गुन ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

दोहा ,५ फागुन । पत्रकार तथा लेखक अखण्ड भण्डारीको उपन्यास (बोरा) को कतारमा विमोचन तथा विमर्श गरिएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको साहित्य तथा प्रकाशन विभागको आयोजनामा आइतबार राती एक कार्यक्रमका बीच भण्डारीको उपन्यास (बोरा) को बिमोचन गरिएको हो।

विमोचन कार्यक्रममा बोल्दै लेखक भण्डारीले नेपाली समाजमा पछिल्लो समय वैदेशिक रोजगारीले अभिवाक र सन्तान टाढा भएको तथा सन्तानहरु बुबा आमाको हेरचाह गर्नुपर्ने दायित्वबाट पन्छिएको विकराल समस्याको चित्रण गरेको बताउनुभयो । भण्डारीले वास्तविक घटेको घटनालाई पात्र र परिवेश बदलेर उपन्यासको ढाचा दिइएको बताउनुभयो । उहाँले आफ्नै छोरा बुहारीले बृद्ध आमालाई बोरामा राखेर खोला किनारमा छोडेको वास्तविक घटना बाट उपन्यास प्रेरित रहेको बताउनुभयो । साथै भण्डारीले आफुले देशको विभिन्न ठाउँ परिवेशका घटना समेटेर उपन्यासको रुप दिएको भन्दै उपन्यास पढेर सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।

पुस्तकको चर्चा गर्दे लेखक तथा बिश्लेशक सुरेश भट्ट आश्रीनले नेपाली समाजमा पछिल्लो समय देखिएको पारिवारिक बिचलन संगै एउटी महिलाले आफनै श्रीमान बाट श्रीमतीको रुपमा तथा छोरारबुहारी बाट आमाको भुमिकामा भोग्नुपरेको दुस्खलाई जस्ताको त्यस्तै उतारिएको बताउनुभयो । भट्टले उपन्यास काल्पनिक भन्दा पनि समाजको यतार्थ ब्यथालाई निकै मेहनत गरेर शब्दमा बुनिएकोले उपन्यास थप सशक्त र पठनिए बन्न सकेको बताउनुभयो । उहाँले बिशेष त प्रवासी आफ्नो घरपरिवार बाट टाढा भएकोले पारिवारिक बेमेलको घटना बढ्दै गएको भन्दै सबैले एकपटक पुस्तक पढनुपर्ने बताउनुभयो ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षता भएको कार्यक्रममा एन आर एन अभियान्ता, कतारमा स्थापित संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, साहित्यकार एवं पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीको तर्फबाट नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष दिलकुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

एन सि सि कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण एन सि सि कतारका सचीव एवं साहित्य तथा प्रकाशन विभाग संयोजक सन्तोष क्षत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय