केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई परामर्श दिन दुई अधिकारी पठाइएका छौँ : प्रधानमन्त्री ओली

२०८१ फाल्गुन ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई परामर्श दिन दुई अधिकारीहरूलाई पठाइएको बताउनुभएकाे छ । सोमबार सामाजिक सञ्जालमार्फत उनले नयाँ दिल्लीस्थित नेपाली दूतावासले ओडिशामा प्रभावित नेपाली विद्यार्थीहरूलाई परामर्श दिन दुई अधिकारीहरूलाई पठाएको जनाउनुभएकाे हाे  ।

प्रधानमन्त्री ओलीले विद्यार्थीहरूको प्राथमिकताका आधारमा उनीहरूलाई होस्टेलमा बस्ने वा घर फर्कने विकल्पको व्यवस्था गरिएको जनाउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय