सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो

२०८१ फाल्गुन १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १६ फागुन । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार