काठमाडौं ,१७ फागुन । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वमार्फत मुलुकलाई समृद्ध बनाउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले पटक पटक सरकार परिवर्तन हुदा जनतामा निराशा उत्पन्न भएको र बिकास निर्माणका काम समेत प्रभावित भएकाले राजनीतिक स्थायीत्वमार्फत मुलुकलाई समृद्ध बनाउन वर्तमान सरकार गठन भएको बताउनुभएको हो ।
उहाले कमी कमजोरीहरुलाई पहिचान गर्दै जनतालाई विश्वास दिलाएर अघि बढ्ने धारणा राख्नुभयो । सिंहले अधिकारको कुरा मात्रै गरेर नहुने भन्दै सवैले आफ्नो दायित्व र जिम्मेवारी बुझ्नुपर्ने बताउनुभयो ।
उहाले सहकारीप्रति देखिएको नकारात्मक भाष्यलाइ चिर्नका लािग सहकारीहरुले नै स्वच्छरुपमा आफ्नो गतिविधि अघि बढाउनुपर्ने बताउनुभयो ।