आज दुई संसदीय समितिको बैठक बस्दै

२०८१ फाल्गुन २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २० फागुन। सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । जसअन्तर्गत बिहान ११ बजे  अर्थ समितिको बैठक बस्नेछ ।

अर्थ समितिको बैठक कक्ष बस्ने बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।

त्यस्तै दिउसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समृद्ध पदाधिकारीसँग छलफल,  गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय