पोखरा,२३ फागुन । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि कोटीहोम क्षेत्रमा रड र हतियार बोकेको समूह तैनाथ गरिएको छ । केहीबेर अघि भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप भएपछि कोटीहोम आयोजक पक्षले रड र हतियार बोकेको समूह तैनाथ गरेको हो ।
पोखरा महानगरका मेयर धनराज आचार्य भन्नुभयाे, अनुमति विना कार्यक्रम हुन सम्भव छैन । अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको छ । नगरप्रहरी लेकसाइड पुगिसकेको छ ।