गल्याङमा विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम

२०८१ फाल्गुन २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

संगम भण्डारी
स्याङ्जा, २३ फागुन । गल्याङ नगरपालिका–१, मालुङ्गास्थित सार्वजनिक नमुना माध्यमिक विद्यालयमा सुरक्षित आप्रवासन (सामी)  कार्यक्रम अन्तर्गत विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि गल्याङ नगरपालिका वडा नम्बर १ की वडा सदस्य डोलमाया बस्याल रहनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने व्यक्तिले श्रम स्वीकृति अनिवार्य रूपमा लिनुपर्ने कुरामा जोड दिनुभयो । साथै, विद्यार्थीहरूले मोबाइल र ल्यापटपको दुरुपयोग नगरी अध्ययन र सीप विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

मनोसामाजिक परामर्शकर्ता बिन्दु न्यौपानेले मानसिक स्वास्थ्यबारे जानकारी दिँदै विद्यार्थीहरूलाई आफ्ना समस्याहरू कसैसँग साझा गर्नुपर्ने सल्लाह दिनुभयो । किशोरावस्थामा आउने मानसिक तनाव र नकारात्मक सोचलाई व्यवस्थापन गर्न आवश्यक परामर्श लिनुपर्ने बताउनुभयो।

रोजगार संयोजक खगेन्द्र भण्डारीले विद्यार्थीहरूलाई आवश्यकताभन्दा बढी चाहना नराख्न र बचत गर्नुपर्नै सल्लाह दिनुभयो । उहाँले पैसाको सही प्रयोग गरी भविष्य सुरक्षित बनाउनुपर्ने बताउँदै वैदेशिक रोजगारबाट आर्जित रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिनुभयो।

कार्यक्रम सञ्चालन गर्दै गङ्गाधार कटेलले गल्याङ नगरपालिकाले निःशुल्क श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था रहेको जानकारी गराउनुभयो । समापन गर्दै विद्यालयका प्रधानाध्यापक चुरामणि पाण्डेले विद्यार्थीहरूका लागि यस्ता कार्यक्रम उपयोगी हुने बताउँदै नगरपालिकालाई धन्यवाद दिनुभयो।

कार्यक्रमको सहजीकरण रोजगार संयोजक रोजगार शाखा प्रमुख खगेन्द्र भण्डारी ,वडा सदस्यहरू, विद्यालयका शिक्षक तथा सहजकर्ता कल्पना बस्याल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय