भिरकोटमा चौथो बालमैत्री दिवस सम्पन्न विविध विधामा विद्यालय र विद्यार्थी पुरस्कृत

२०८१ फाल्गुन २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

पूजा खडका
स्याङ्जा, २२ फागुन । भिरकोट नगरपालिकाले स्थापना दिवसको अवसर पारेर चौथो बाल मैत्री दिवस २०८१ सम्पन्न गरेको छ। कार्यक्रम पूर्व मन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भिरकोट सिटी हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले शिक्षा र स्वास्थ्यसगं जोडिएर बालबालिकाको विषयमा प्रष्ट पार्नुभएको थियो । उहाँले शिक्षामा स्वास्थ्यले प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्दै सिकाइ र खानामा अभिभाबक र शिक्षकको ठूलो भूमिका रहने उल्लेख गर्नुभएको थियो । बालबालिकाको शिक्षा र स्वास्थ्य वृद्धिको लागि शिक्षक विद्यार्थी र अभिभावकसगं त्रिपक्षीय अन्तर्क्रिया हुँदै समाधानको लागि अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यको साथमा विकासको विषय लाई जोड दिनुभएको थियो। उहाँले राजनीति गर्दै गर्दा विकासमा जोडिएर समाज सेवामा काम गर्न नेताहरुलाई आग्रह गर्दै नगरेको र नसक्ने विषयमा नबोल्न आग्रह गर्दै र हुन लागेका काममा किचलो हालेर योजना फ्रिज गराउने काम नगर्न समेत अनुरोध गर्नुभएको थियो ।

कार्यक्रम भिरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य नगर उपप्रमुख भगवती अर्याल र संचालन योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै भिरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले विद्यालयमा सचेतनामुलक कार्यक्रम अघि बढाइएको बताउनुभएको थियो । उहाँले बाल विबाह, स्वास्थ्य शिक्षा सम्बन्धी, सरुवा रोग जंक फूड सम्बन्धी ,वातावरणीय प्रभाव सम्बन्धी मौसम सम्बन्धी विविध विषयमा जोगिएर रहनको लागि आवश्यक सल्लाह सुझाब र सचेतनामुलक सम्बन्धी कार्यक्रम अघि बढाइएको जानकारी गराउनुभएको थियो।

भिरकोट बाल मैत्री संयोजक विष्णुमाया काफ्लेले बालमैत्री विद्यालय बनाए सँगै विद्यालयमा विद्यार्थीको सहजताको लागि वालबालिकाको हक हित लाई ध्यानमा राख्दै जंक फुडको व्यवस्था अन्त्यको लागि अर्गानिक खानामा जोड दिइएको न्यानो कपडा वितरण गरिएको जानकारी गराउनुभएको थियो । त्यसैगरी बाल विबाह स्वास्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रम र सरसफाई सम्बन्धी जानकारी गराइएको बताउनुभएको थियो ।

बालमैत्री दिवसको अवसर पारेर विविध समयमा बिबिध विधामा उत्कृष्ट लाई पुरस्कृत गरिएको थियो । जसमा एस इ इ मा उत्कृष्ट नतिजा ल्याउने बालोदय मावि, दभुङठाटी मावि र दहथुम मावि लाई पुरस्कृत गरिएको थियो। त्यसैगरी माध्यमिक तह स्तरिय बक्तृत्व कला प्रतियोगितामा दहथुम मावि का शशी अर्याल प्रथम, राजेन्द्र भवानी माबि का ज्योति नेपाली दोस्रो, जनप्रिय मावि का सबनम पराजुली तेस्रो भई क्रमशः २ हजार, १५ सय र १ हजार पुरस्कार ले पुरस्कृत गरिएको थियो। त्यसै गरी पब्लिक एकेडेमीका उपासना थापा सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।

खुला हाजिरी जवाफ प्रतियोगितामा भाग्योदय माबि प्रथम स्थान हात पार्न सफल भएको छ भने भूपू सैनिक आ मा बि दोस्रो स्थान र दहथुम माबि, शहीद शुक्र माबि र बुद्ध मेमोरियल आ मा बि तेस्रो स्थान हात पार्न सफल भएको थियो। त्यसै गरी एस इ इ परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्ने मध्य प्रतीक रेग्मी भाग्योदय माबि का प्रथम स्थान हात पार्दै ५ हजार नगद ले पुरस्कृत भएका छन् भने आइश्वर्य केसि भूपू सैनिक आवासीय माबि का दोस्रो स्थान हात पार्दै ३ हजार नगद ले पुरस्कृत भएका छन् । त्यसै गरी भू पु सैनिक आबासीय माबि कै दिया केसि तेस्रो स्थान हात पार्दै २ हजार नगद ले पुरस्कृत भएका छन् ।

त्यसैगरी मासिक रुपमा सञ्चालित बालमैत्री कार्यक्रम मा सहभागी अङ्ग्रेजी निबन्ध लेखन प्रतियोगितामा ६-८ कक्षा का विद्यार्थी तर्फ सहीद शुक्र माविका सफल मल्ल ले प्रथम स्थान हात पार्दै नगद २ हजारले पुरस्कृत भएका छन् । बुद्ध मेमोरियलका सुप्रीम बस्नेत दोस्रो स्थान हात पार्दै १५ सय रले पुरस्कृत भएका छन् भने जनप्रिय मा विका सिमन खाण तेस्रो स्थान हात पार्दै १ हजार नगदले पुरस्कृत भएका छन् ।

कक्षा ९-१० अन्तर्गत हिज्जे प्रतियोगीतामा जनप्रिय माबि प्रथम स्थान हात पार्दै ४ हजार नगद ले पुरस्कृत भएको छ भने बालोदय माबि दोस्रो हुँदै नगद ३ हजार र भाग्योदय माबि तेस्रो हुँदै नगद २ हजारले पुरस्कृत भएको छ। कक्षा ८ मा उत्कृष्ट जि पी ए सहित उत्तीर्ण विद्यार्थी मध्य दहथुम माबि का चाहना के सी र भू पु सैनिक आ माबि का सोनाम खत्री ले प्रथम स्थान हात पार्दै नगद ३ हजारले पुरस्कृत भएका छन् । त्यसै गरी भाग्योदय माबि का कुसुम रेग्मी र पब्लिक एकेडेमी मा वि उपासना थापा दोस्रो स्थान हात पार्दै नगद २ हजार ले पुरस्कृत भएका छन् भने भूपू सैनिक आ माबि का दल बहादुर खड्का तेस्रो स्थान हात पार्दै १ हजार नगदले पुरस्कृत भएका छन्।

त्यसैगरी विज्ञान हाजिरी जबाफ प्रतियोगिता मा बाल ज्योति आमाबी प्रथम स्थान हात पार्दै नगद ४ हजार ले पुरस्कृत भएको छ। जनप्रिय माबि दोस्रो स्थान हात पार्दै ३ हजार नगद ले पुरस्कृत भएको छ भने शहीद शुक्र मा वि तेस्रो स्थान हात पार्दै २ हजार नगद ले पुरस्कृत भएको छ। निबन्ध लेखन माध्यमिक तह स्तरिय प्रतियोगितामा शहीद शुक्रका सलिना खड्का प्रथम स्थान हात पार्दै २ हजार नगद ले पुरस्कृत भएका छन् । दहथुम माबि का चाहना केसी दोस्रो स्थान हात पार्दै १५ सय नगद ले पुरस्कृत भएकाछन भने भाग्योदय माबि का अनिस्का दर्जी तेस्रो स्थान हात पार्दै १ हजार नगदले पुरस्कृत भएका छन् ।

कार्यक्रममा भिरकोट प्रथम मेयर छाया राम खनाल, नगर उपप्रमुख भगवती रेग्मी अर्याल, नगर प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष दिपेन्द्र केसि, नेपाली कांग्रेसका भिरकोट नगर सभापति याम प्रसाद अधिकारी, राप्रपा भिरकोट सभापति हर्क रोकाहा, नेकपा एमाले भिरकोट का अध्यक्ष हर्क गुरुङ्ग, सामुदायिक विद्यालय बाट श्री शहीद शुक्र माबि का प्रधानाध्यापक चोलाकान्त काफ्ले, निजी विद्यालय बाट बालोदय मा वि का प्रिन्सिपल अमृत अर्याल, बाल सञ्जाल बाट कुसुम रेग्मी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा भिरकोटका जनप्रतिनिधि, वडा अध्यक्ष ,वडा सदस्य , नगर सदस्य, विद्यालय का प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारी को उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत नाच गान गरेर मनोरञ्जन गरिएको थियो। बाल मैत्री सँगै सुरुवात गरिएको जंक फुड नखुवाउने अर्गानिक खाना खुवाउने व्यवस्था गरिए सँगै कार्यक्रममा सेल रोटी र तरकारी खाजाको व्यवस्था समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय