अहिले को भन्दा को खतरा भन्ने प्रतिस्पर्धा चलेको छ : महामन्त्री थापा

२०८१ फाल्गुन २७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२७ फागुन ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा ‘को भन्दा को’ खतरा हुने प्रतिस्पर्धा चलिरहेको बताउनुभएकाे छ ।

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै थापाले सबै दलसँग बसेर संविधान संशोधन गरिनेसमेत बताउनुभयाे ।

‘प्रतिपक्षी दलका नेतालाई खतरै कुरा भनेजस्तो लाग्छ होला । अहिले कोभन्दा को खतरा भन्ने प्रतिस्पर्धा चलेको छ । देशको सीमाभित्र बसेर आफ्ना कुरा राख्न पाइने छुट छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो’, थापाले भन्नुभयाे, ‘संविधानका केही कुरा बदल्दै गरौँ भन्दा लोकतन्त्र, संघीयता बदल्न सकिँदैन । यसबारे सबै पार्टीमा छलफल हुन्छ । सबैसँग सबै कुरा मिल्छ भन्ने छैन ।’

‘प्रदेशलाई हामीले नै अधिकार दिन नसकेर ठिक ढंगले काम गर्ने सकेका छैनन् । यसमा सबै बसेर छलफल हुनुपर्छ’, उहाँले भन्नुभयाे ।

प्रतिपक्षी दलहरूले धारिलो प्रश्न गर्न पाउने तर सबै दोष सरकारलाई मात्रै लगाउन नहुने उहाँले बताउनुभयाे । दलहरू एक अर्काका सहकर्मी भएर समस्याको समाधान गर्नुपर्ने पनि उहाँले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय