काठमाडौं,४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले एमाले सांसद रघुजी पन्तले सांसद ज्ञानेन्द्र शाहीको मानहानी गरेको भन्दै सचेत गराउन माग गर्नुभएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा सांसद सिंहले जुम्लाबाट जनताले चूनेर पठाएका सांसद शाहीमाथि अपशव्द बोलेर मानहानी गरेको भन्दै एमाले सांसद पन्तको अभिव्यक्ति रेकर्डबाट हटाउन र सचेत गराउन माग गर्नुभएको हो । संसदको आइतबारको बैठकमा सांसद पन्तले राजसंस्थाका बारेमा झुटो इतिहास सुनाएको उहाले बताउनुभयो ।
त्यस्तै सांसद सिंहले आर्थिक बिकासका लागि भन्दै यौन व्यवसायलाई व्यवसायीकरण गर्ने कांग्रेस सांसद श्याम घिमिरेको प्रस्तावप्रति पनि आपत्ति जनाउनुभयो ।
आइतबार बसेको संसद बैठकमा सांसद घिमिरेले यौन व्यवसायलाई व्यवसायिकरण गर्नुपर्ने धारणा राख्नुभएको थियो ।