दिगो जलश्रोत व्यवस्थापनका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ : सिंचाईमन्त्री खड्का

२०८१ चैत्र ४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,४ चैत । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दिगो जलश्रोत व्यवस्थापनका लागि सरकारले गम्भीर भएर काम गरिरहेको बताउनुभएको छ ।

सोमबार ललितपुरमा नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह उद्घाटन गर्दै मन्त्री खड्काले जलवायु परिवर्तनको असरका कारण हिमनदी खुम्चिदै गएकाले जलश्रोत व्यवस्थापनका लागि सरकारले गम्भीर भएर काम गरिरहेको बताउनुभएको हो । जलवायु परिवर्तनका कारण जलश्रोत व्यवस्थापन र भविष्यको जलसुरक्षामा गम्भीर चूनौति सिर्जना भएको उहाले बताउनुभयो । मन्त्री खड्काले जलवायु परिवर्तनको असरलाई न्यूतिकरण गर्दै जलश्रोतलाई जोगाउनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय साझेदारीलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो । जलश्रोतसम्बन्धी अध्ययन प्रभावकारी बनाउदै मौषम परिवर्तनको असर न्यूनिकरण गर्न दिर्घकालीन नीति बनाउनुपर्ने उहाले बताउनुभयो ।

मन्त्री खड्काले जलश्रोत विधेयक छिटै अघि बढ्ने भन्दै यसमा जलश्रोत उपयोग र संरक्षणका लागि आवश्यक नीतिको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय