पूजा खड्का
स्याङ्जा,८ चैत । बिरुवा गाउँपालिका जोड्ने पुतलीबजार नगरपालिकाको राङखोलाबाट धोबादी सम्म सडक कालोपत्रे हुने भएको छ ।
स्याङ्जा सदरमुकाम पुग्नको लागि बाटो समस्या भए संगै सहजीकरणको लागि राङ्खोलाबाट धोबादी सम्म को बाटो स्तरोन्नति गरिने विरुवा गाउँपालिका नेपाली कांग्रेसका सभापति डोलराज पोखरेलले जानकारी दिनुभयो। उहाले बाटो स्तरोन्नति सँगै उक्त बाटो हुँदै सवारी साधन चल्दा समस्या हुने बताउँदै वैकल्पिक बाटो प्रयोग गर्न पनि जानकारी गराउनुभएको छ। विरुवा गाउँपालिका जोड्ने राङ्खोला धोबादी बाटो स्तरोन्नतिको लागि २०८० साल भाद्र १२ गते सम्झौता भएको पनि जानकारी गराउनुभयो।
विरुवा गाउँपालिका जोड्ने उक्त बाटो स्तरोन्नतिको लागि गणेशकुण्ड इन्द्रयाणि रक्तकन्या जेभि बालाजु १६ काठमाडौं ले ठेक्का सम्झौता गरेको जानकारी पोखरेलले दिनुभयो।
बाटो स्तरोन्नति अन्तर्गत राङ्गखोला देखि ६ किलोमिटर २ सय मिटर लम्बाई रहने छ भने ६.५ मीटर चौडाई बाटो कालोपत्रे हुनेछ। उक्त सडक स्तरोन्नतिको लागि बजेट १७ करोड ९५ लाख रुपैयाँ ठेक्का सम्झौता रहेको छ भने आउँदो साउन २८ गते सम्म सक्नुपर्ने सम्झौता मा उल्लेख गरिएको छ। मौसमले राम्रो साथ दिएको खण्डमा समय अगावै सक्ने र सहजीकरण गर्ने ठेक्का सम्झौता को राय रहेको छ।
आधारभूत काम सकिए सङ्गै कालोपत्रे गर्ने काम सुरु भएको छ भने मौसमले साथ दिएको खण्डमा निर्धारित समय अगावै काम सकिने बताइएको छ।।
यस बाटोमा कालोपत्रेको काम सुरु गरे सङ्गै सवारी आवत जावत रोक्नु पर्ने भएकाले ठेकेदार कम्पनीको अनुरोधमा मंगलबार जिल्ला समन्वय समिति, प्रशासन कार्यालय, प्रहरी कार्यालय, यातायात व्यवसायी, पत्रकार एवं सरोकारवालाहरुको उपस्थितिमा सरसल्लाह गरी वैकल्पिक सडकखण्ड बाट यात्रा गर्न सूचना जारी गरिएको छ। तर अति आवश्यक पर्ने एम्बुलेन्स लगायतका सवारीलाई भने नरोकिने जनाइएको छ ।
बैकल्पिक बाटो को रुपमा बिरुवा ओरष्टे काहुले ज्यामिरे हुँदै स्याङ्जा, बिरुवा धोबादी राङभाङ हुँदै स्याङ्जा, बिरुवा बेलघारीमालमुल गुमार्दी पेल्काचौर जाडखोला हुँदै स्याङ्जा, बिरुवा धोबादी खाली खाङराङ हुँदै स्याङ्जा जानको लागि सूचना गरिएको छ।